२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

दाङमा लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ

दाङमा लागु औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ परेका छन्। लागु औषध ओसारपसार भैरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लागु औषध ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले असार २० गते आइतबार साढे ७ बजेको समयमा घोराही उपमहानगरपालिका १३ बडरा टोल निवासी २२ वर्षिय कृष्ण बुढाथोकी र घोराही उपमहानगरपालिका २ निवासी २३ वर्षिय नुवाजन चौधरीलाई पक्राउ गरेको छ । उनीको साथबाट ६०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको प्रहरीले बताएको छ ।

त्यस्तै असार २१ गते सोमबार बिहान अन्दाजी साढे १० बजेको समयमा राप्ती गाउँपालिका १ भालुवाङ रातोडाँडा निवासी २७ वर्षिय एकेन्द्र पुन मगरलाई पक्राउ गरेको छ । उनको घरको कोठामा लागुऔषध लुकाईछिपाई राखेको अवस्थामा २ः ३५ मिलीग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । उनीहरु तीनै जनालाई लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।