२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

बाढीले राप्ती नदीपुलमा क्षति

अविरल बर्षाकारण आएको बाढीले नेपालकै दोस्रो लामोपुुल दाङ देउखुरी स्थित राप्ती नदीपुलमा क्षती गरेको छ ।
राप्ती नदीमा आएको बाढीले पुलको एकातर्फको भागमा क्षति पुर्‍याएपछि पुलबाट यातायातका साधन सञ्चालन बन्द भएको छ ।

राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

महदेवातर्फ १५–२० मिटर सडक बाढीले बगाएकाले बुधबार बिहानबाट यातायात आवागमन अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

राप्ती नदीमाथि बनेको यो पुल बर्दियाको कोठियाघाटपछि नेपालको दोस्रो लामो पक्की पुल हो । यो पुल एएनके लुम्बिनी वाईपी जेभीले पूर्वनिर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरेको थियो । राप्ती नदीमाथिको पुल २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेका थिए ।

८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल करिब एक अर्बको लागतमा निर्माण सम्पन्न भएको थियो ।