२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

कृषक र दलितलाई वंगुर तथा बाख्रा वितरण

दाङको दंगिशरण वडा नं ५ ले विपन्न कृषक तथा दलितलाई बंगुरका पाठा वितरण गरेको छ । वडा भित्र रहेका १२जना विपन्न कृषक तथा १३ जना दलितलाई वंगुरका पाठा र ६ जना दलितलाई बाख्रा वितरण गरेको वडा सचिव प्रेम चौधरीले जानकारी दिनुभयो ।

दलित र विपन्न कृषकहरुलाई आत्म निर्भर बनाउन र गरीबी निवारणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले वंगुरका पाठा र बाख्रा वितरण गरीएको वडा अध्यक्ष दिपक गौतमले बताउनुभयो ।