२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

सृजना सामुदायिक वनमा लामाे समय देखि अतिक्रमण

दाङकाे शान्तिनगर गाउँपालिका वडा नं ३ स्थित सृजना सामुदायीक वनमा लामाे समय देखि अतिक्रमण वढ्दै आएकाे छ ।
राजनितिक संक्रमणकाे फाईदा उठाउदै केही बर्ष देखि सुरू भएकाे अतिक्रमण राेकिएकाे छैन । शान्तिनगर गाउँपालिकाकाे कार्यलय चिराघाट वाट शान्तिपुर हुँदै भलानेटि सम्म पुग्ने वाट काे सृजना सामुदायिक वनकाे पुर्व साईटमा पर्ने जमिन र सृजना समुदायिक वनकै रातामाटा देखि अधेरे जाने सडककाे साइटमा रहेकाे जम्मा करिव ४ हेक्टर जमिनमा वस्ति वस्ने घर घडेरि र खेतियाेग्य जमिनहरू वनाई अतिक्रमण भएकाे स्थानियकाे भनाई रहेकाे छ ।

अन्य स्थानमा बाहिर वाट वसाई सरि आउने, द्वन्द्व बाट विस्तापित भएकाेले अतिक्रमण गरेकाे पाईन्छ तर यहाभने विगाह जमिन भएका स्थिनियहरू वाटै वन अतिक्रमण भएकाे सृजना सामुदायिक वनका पुर्व अध्यक्ष प्रताप दाहालले वताउनु भयाे ।
वन अतिक्रमणकाे विषयमा बारम्बार गाउपालिका, डिभिजन , सव डिभिजन , केन्द्रीय वन कार्यलय र अख्तियार दुरुपयोग अनुसन्धान कार्यलयमा समेत जानकारि गराए पनि कुनै पनि निकायकाे ध्यानाकर्षण नभएकाे स्थानियहरू गुणासाे रहेकाे छ । अतिक्रमण गर्ने ब्यक्तिले जमिन खन जाेतमात्रै गरेन्न कि अन्य ब्यक्तिहरूकाे मेलाेमेताेमा वनका ठुला ठुला रूखहरू समेत कटान गरि निष्काशन गरेकाे स्थानीयकाे भनाई छ ।