२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

शान्तिनगर ६ का युवालाई खेलकुद सामाग्री वितरण

शान्तिनगर गाउँपालिका वडा नं ६ ले युवाहरूलाई खेलकुद सामाग्री वितरण गरेकाे छ । वडा भित्र रहेका खेलाडिहरूलाई एक कार्यक्रमका विच खेलकुद सामाग्री वितरण गरेकाे हाे । वडा भित्रका टाेलमा खेलकुदका पाेशाक, बल, नेट लगायतका सामाग्री वितरण गरेकाे कार्यक्रम संयाेजक प्रदिप अधिकारीले जानकारी दिनुभयाे ।टाेल टाेलका खेलाडिका लिडरलाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवन्त वहादुर खत्री, वडा अध्यक्ष रवि बुढाथाेकी र वडा सचिव अनन्त प्रकाश पुनले सामाग्री हस्तान्तरण गरेका थिए ।