२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

कोरोना संक्रमित पत्रकारलाई चेवनप्रास तथा आयुर्वेदिक औषधी

दाङका कोरोना संक्रमित पत्रकारहरुलाई चेवनप्रास तथा आयुर्वेदिक औषधी उपलब्ध गराइएको छ । राप्ती आयुर्वेदिक अस्पताल तुलसीपुरले दाङका कोरोना संक्रमण भएका पत्रकारहरूकालागी चेबनप्रास तथा आयुर्वेदिक औषधी उपलब्ध गराएको हो ।

जिल्लामा कोरोना महामारीको पहिलो चरण र दोस्रो चरणमा संक्रमीत भएका पत्रकारहरुलाई सो सामाग्री उपलब्ध गराइएको हो । धेरै जसो पत्रकारलाई प्रदान गरि सकेको र बाँकीलाई पनि प्रदान गरिने नेपाल पत्रकार महासंघ दाङका सचिव आरके सितलले जानकारी दिनुभयो ।