२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

लक्ष्मी नारायण आविमा छात्रवृति वितरण

दाङको दंगिशरण गाउँपालिका वडा नंं ५ सलौरा स्थित लक्ष्मी नारायण आधारभूत विद्यालयमा छात्रवृति वितरण गरिएको छ । शैक्षिक सत्र २०७७ को कक्षा १ – ५ को खाजा वापतको रकम, छात्रा छात्रवृत्ति र दलित छात्रछात्रा छात्रवृत्ति आज एक कार्यक्रमका विच वितरण गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुम प्रसाद देवकोटा र शिक्षक अभिभावक संघका अध्यक्ष सेवकराम आचार्यले संयुक्त रूपमा छात्रवृत्ति वितरण गर्नुभएको थियो । ४ सयका दरले २० जना दलित छात्रछात्रा, ८८ जना छात्रालाई छात्रवृति वितरण गरिएको थियो । यस्तै खाजा वापतको रकम २०५ जना विद्यार्थीलाई वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रधानाध्यापक गोविन्द आचार्यले गर्नुभएको थियो ।