२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

शान्तिनगर ५ काे वडा स्वास्थ्य केन्द्र आफ्नै भवनमा

शान्तिनगर गाउँपालिका वडा नं ५ काे आधारभुत स्वास्थ्य सेवा केन्द्रले आज देखि आफ्नै भवनबाट सेवा दिएकाे छ ।

विगत २ बर्षदेखि रगैजामा भाडामा स्वास्थ्य सेवा दिदै आएकाे आधारभुत स्वास्थ्य सेवा केन्द्रकाे ढाेरेनीमा भवन निमार्ण काम सम्पन्न भएपछि आज देखि आफ्नै भवनबाट सेवा दिन सुरू गरेकाे हाे । केहिदिन भित्र अौपचारीक कार्यक्रमका विच उदघाटन गर्ने तयारी समेत रहेकाे छ ।

लुम्विनी प्रदेशकाे ३२ लाख ९० हजारमा आधारभुत स्वास्थ्य सेवा केन्द्रकाे भवन निर्माण भएकाे वडा अध्यक्ष गिरीराज बस्नेतले जानकारी दिनुभयाे । आधारभुत स्वास्थ्य सेवा केन्द्रमा एम्बुलेन्स र बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी रहेकाे वडा अध्यक्ष बस्नेतले बताउनुभयाे ।