२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन स्थगित

नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति निकालेर अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो । बाँकी रहेका जिल्लामा १४ औँ महाधिवेशनपछि मात्रै अधिवेशन गर्ने निर्णय भएको छ । कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत अहिलेसम्म ६१ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ ।