२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

जन्मदिनमा युवा नेता खड्काद्धारा मानवसेवा आश्रममा खाना

पश्चिमदाङका युवा नेता नेप वहादुर खड्काले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रममा खाना खुवाएका छन । तुलसीपुरमा रहेको मानव सेवा आश्रममा रहेका असहायलाई खाना खुवाएका हुन् । जन्मदिनमा फजुल खर्च गर्नु भन्दा आश्रमका आमा बुवालाई एक दिन भएपनि मिठो खाना खुवाउने उद्येश्यले खाना खुवाएको खड्काले बताउनुभयो । बबई ३ घर भएका खड्का बबईका चर्चित युवा नेता हुन् । बबईका युवाहरू माझ लोकप्रिय रुपमा चिनिएका युवा नेता खड्का समाज सेवा जस्ता विभिन्न सामाजिक कार्यमा सक्रिय देखिन्छन् ।