२०८१ जेष्ठ ४ गते शुक्रवार
२०८१ जेष्ठ ४ गते शुक्रवार

रुकुम पश्चिममा भेरी नदिमा डुबेर एक जनाको मृत्यु

रुकुम पश्चिममा भेरी नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका ९ कोटजहारी निवासी ६१ बर्षिय नारायण खड्का वैशाख १२ गतेका दिन चौरजहारी नगरपालिका वडा नम्वर ३ रानिसागरस्थित भेरीनदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको शव बेपत्ता भएको पाँच दिनपछि नदि किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार खड्काको शव भेरी नदिमा निर्माणधिन मध्यपहाडी पुल देखि करिव ५० मिटर तलको नदिको खोचमा फेला परेको हो । मलामी गएका खड्का नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
खड्का डुबेर बेपत्ता भएको सूचना लगत्तै ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक ईश्वर देव गिरीको कमाण्डमा ७ जना प्रहरी, नगर प्रहरी, स्थानीय व्यक्तिहरु खोजिकार्यमा लागेका थिए । शसस्त्र प्रहरीको गोताखोरको टिमले २ दिन सम्म भेरी नदीमा खोजतलास गरेको थियो ।