२०८१ जेष्ठ ४ गते शुक्रवार
२०८१ जेष्ठ ४ गते शुक्रवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ ६ गते दाङ आउने

नेकपा एमाले दाङको १४ औ जिल्ला अधिवशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली दाङ आउनुहुने भएको छ । एमाले दाङको बुधवार घोराहीमा बसेको जिल्ला कमिटी बैठकले दंगाली कम्युनिष्ट आन्दोलनका योद्धा शहिद नेत्रलाल अभागीको स्मृति दिवस पारेर आउँदो जेठ ६ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको र अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष ओली दाङ आउनुहुने भएको हो ।

सो अवसरमा एमाले महासचिव शंकर पोख्रेललगायतका शिर्ष नेता दाङ आउनुहुने भएको छ । बैठकले दाङका एक सयवटै वडाहरुमा वैशाख २८ गते प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । प्रतिनिधि छनोट गर्दा २० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानिने र यसरी छानिएका प्रतिनिधि मध्ये ३ जनामा १ जना महिला अनिबार्य हुनुपर्ने ब्यबस्था रहेको प्रचार विभाग उपप्रमुख संगीत बस्यालले जानकारी दिनुभयो ।

वैठकले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु समेत वडाबाटै चुनियर आउनुपर्ने, जनवर्गिय संगठनबाट आउने प्रतिनिधिहरु सम्बन्धित संगठनको जिल्ला कमिटीको बैठकबाट छनोट भएर आउनुपर्ने निर्णय वैठकले गरेको छ । सो अबसरमा नेकपा एमाले घोराही कमिटीले प्रकाशन गरेको भित्ते पात्रो विमोचन समेत गरिएको छ ।

पार्टीका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता तथा एमाले पोलिट्व्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं केन्द्रीय सदस्य तथा दाङ इञ्चार्ज चेतनारायण आचार्यको आतिथ्यमा बैठक बसेको थियो । जिल्ला उपाध्यक्ष राममणी पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको वैठकको सहजीकरण सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।