२०८१ जेष्ठ ५ गते शनिवार
२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुरको विकासका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

तुलसीपुरका मेयर टिकाराम खड्काले तुलसीपुरको विकासका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ । मुख्यमन्त्री जोखबहादुर महरालाई आज भेटेर मेयर खड्काले सडक पूर्वाधार,सिचाई,पर्यटन,खेलकुद र जलाशय निर्माणमा बजेट विनियोजन गरिदिन आग्रह गर्नुभएको हो । उहाँले उपमहानगरका १० वटा जलाशय निर्माण,१९ वटा सिचाई आयोजना,६ वटा सडक कालोपत्रे गर्ने बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । त्यसैगरी एउटा क्रिकेट मैदान औद्योगिक ग्राममा अत्याधुनिक बधशाला निर्माणमा आवश्यक बजेट छुट्याउन माग गर्नुभयो । मुख्यमन्त्री महराले तुलसीपुरले माग गरेका ठाउँमा बजेट विनियोजन गर्ने प्रतिवद्वता जनाउनुभयो । ´म तुलसीपुरको विकासका लागि प्रतिवद्व छु ।` मुख्यमन्त्री महराले भन्नुभयो,´तुलसीपुरले पेश गरेका सबै योजनामा बजेट विनियोजन हुनेछ ।