२०८१ जेष्ठ ५ गते शनिवार
२०८१ जेष्ठ ५ गते शनिवार

दाङ जिल्ला उद्योग वाणिज्य संघद्धारा घोराहीमा सरसफाइ तथा विरुवालाई सिँचाई

दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिवार घोराहीमा सरसफाइ तथा विरुवा सिँचाई कार्यक्रम गरेको छ । संघका अध्यक्ष वसन्त जोशिको अध्यक्षतामा न्युरोडका विरुवामा सिँचाई गरीएको हो । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खरेल वाटर सप्लार्य, भण्डारी वाटर सप्लायर्सको ट्याँकरबाट सिँचई गरिएको थियो । घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डे, सरसफाइ समिति संयोजक एवं घोराही १४ का अध्यक्ष भानसिंह बुढामगर, डिएसपि जनक मल्ल, लगाएत हुनुहुन्थयो । दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकिले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।