२०८१ जेष्ठ ५ गते शनिवार
२०८१ जेष्ठ ५ गते शनिवार

राप्ती नदीमा डुबेर एक युवतीकाे मृत्यु

सांकेतिक तस्वीर

दाङकाे देउखरीमा राप्ती नदीमा डुबेर एक युवतीकाे मृत्यु भएकाे छ । राजपुर गाउँपालिका वडा नं. २ मटेरिया निवासी २० बर्षीया सरिता चौधरीको शनिबार राप्ती नदिमा डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । उनी लमही नगरपालिका-७ बनघुस्री स्थित माईतीघर आएकी थिईन । प्रत्यक्षदर्शीका अनुसार एक बालिकालाई बचाउन खोज्दा उनी आफै डुबेकी हुन ।