२०८१ जेष्ठ ५ गते शनिवार
२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुर उवासंघको अध्यक्षमा नेपाली कांग्रेसले केसीलाई उम्मेद्वार बनाउने

 

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाली कांग्रेसले विनिल केसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । गएराती अबेरसम्म बसेको उम्मेद्वार छनौट समितिको बैठकले कांग्रेसको तर्फबाट केसीलाई उम्मेद्धार बनाउने निर्णय गरिएको उम्मेद्धार छनौट समितिका सभापति जगत खड्काले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेसबाट विनिल केसी, ललितजंग शाह, मिनराज वली, जनक खराल लगाएका आकांक्षी थिए । केसी बर्तमान महासचिव समेत हुन् । केसी अहिलेका चर्चित युवा व्यवसायी हुन् । गएको चुनावमा महासचिवमा भारी मतले विजय भएका केसी अध्यक्षका बलियो दावेदार हुन् । नेपाली कांग्रेसले युवा व्यवसायी केसीलाई चयन गर्दा व्यवसायीमा हर्ष छाएको छ ।