२०८१ जेष्ठ ५ गते शनिवार
२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुर उपमहानगरमा माटो परीक्षण गर्न सुरु

तुलसीपुर उपमहानगरपालिकाले कृषकका खेतबारीको माटो परीक्षण गर्न थालेको छ । उमहामनगरको कृषि शाखाले वडा नम्वर २ बाट माटो परीक्षण गर्न सुरु गरेको हो ।

माटो परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख टिकाराम खड्काले कृषिलाई आधुनिकिरण गर्न माटो परीक्षणको सुरुवात गरिएको बताए ।

परम्परागत कृषिले कृषकको जीवनयापन नहुने भन्दै प्रमुख खड्काले उब्जनी बढाउनकालागि माटो परीक्षण आवश्यक भएको बताए ।

माटोको अवस्था पहिचान गरी सोही बमोजिमका किटनाशक औषधि प्रयोग गर्न मेयर खड्काले कृषकलाई आग्रह गरे ।
क्रमश सबै वडाका किसानका खेतबारीको माटो परीक्षण गरिने पनि उनले बताए ।

वडा अध्यक्ष भिमबहादुर योगीका अनुसार आज २ सय जना कृषकले माटो परीक्षणकालागि माटोको स्याम्बल वडा कार्यालयमा बुझाएका छन् ।

संकलन गरिएको माटोको स्याम्बल माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेमा पठाइने छ । परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्ने वडा सचिव पुष्पा घर्तीले जानकारी दिइन ।