२०८१ जेष्ठ ५ गते शनिवार
२०८१ जेष्ठ ५ गते शनिवार

सल्यानमा श्रीमतीलाई बन्चरो प्रहार गर्ने श्रीमान पक्राउ

सांकेतिक तस्वीर ।

सल्यानमा घरायसी बिवादमा बन्चरो प्रहार गरेर श्रीमतीको ज्यान लिन खोज्ने व्यक्ती पक्राउ परेका छन् । सल्यानको शारदा नगरपालिका वडा नम्बर ८ स्थित सिमखर्कका ५० बर्षिय नन्दलाल रोकाले ज्यान मार्ने उदेश्यले श्रीमतीलाई बन्चरो प्रहार गरेर गम्भीर घाइते बनाएको भन्दै प्रहरिले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते ४७ बर्षिया काली रोकाको अहिले सल्यान जिल्ला अस्पतालमा उपचार भैरहेको छ । अस्पतालका अनुसार घाइते अहिले खतरामुक्त छिन् । शनिबार राती करिव ९ बजेतिर घरायसी विवाद हुदा नन्दलालले श्रीमतिको टाउकोमा बन्चरो प्रहार गरेका थिए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।