२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

दाङका एक युवक  बैतडीमा मृत फेला

सांकेतिक तस्वीर ।

दाङका एक युवक  बैतडीमा मृत फेला परेका छन्। भालुवाङ घर भएका २१ वर्षीय दिपेन्द्र घर्ती मगर बैतडीको पाटन नगरपालिका-६ को मुख्य बजार नजिक मृत फेला परेका हुन्।

सरसरफाइको काम आएका उनको शव घरको पछाडी घोप्टो परेको अवस्थामा फेला परेको रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।