२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

देउखुरीको एक फर्निचर उद्योगमा आगलागी

दाङ देउखुरीको एक फर्निचर उद्योगमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा रहेको उद्योगपति गञ्जबहादुर विष्टको जि.आर फर्निचर उद्योगमा आगलागी भएकाे इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

आज बिहान करिव ४:३० बजेकाे समयमा विद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ । आगोलाई सशस्त्र प्रहरी, स्थानिय र लमही नगरपालिकाकाे दमकलकाे सहयाेगमा नियन्त्रणमा लिइकाे छ । आगलागीबाट भएको क्षतिकाे विवरण आउन बाँकी रहेकाे प्रहरीले बताएको छ ।