२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

गित गाउन भनेर काठमाडौं गएकी रुकुम पश्चिमकी एक किशोरी वेपत्ता

रुकुम पश्चिमको एक किशोरी काठमाडौंमा वेपत्ता भएकी छिन । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ३ की अन्दाजी १६ वषिया सन्ध्या बोहरा वेपत्ता भएकी हुन । गित गाउन भनेर घरबाट गएकी बोहरा १८ गते देखि वेपत्ता भएको उनका मामा शेखर बोहराले बताउनुभयो ।  उहाँका अनुसार किशोरी बोहरालाई काठमाडौंको माछापोखरीमा अलपत्र अवस्थामा रुकुमकै केही व्यक्तिले देखेको बताइन्छ ।

अहिले उनका बुवा लालबहादुर बोहरा लगायतले खोजीकार्यको लागी प्रहरी समक्ष निवेदन दिएको बताएका छन । उनी गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन ।उनका परिवारहरुले बोहरालाई कसैले कतै फेला पारेमा नजिकको प्रहरी कार्यालय वा  निम्न नम्बरमा खवर गर्न आग्रह गरेका छन ।

सम्पर्क व्यक्तिहरू –
लालबहादुर बोहरा :-9864360546
शिखर बोहरा –
नबराज बुढा :-9869983024