२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

तुलसीपुर उवासंघको निर्वाचन : दुईवटा प्यानलको उम्मेद्धारी दर्ता

 

तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आगामी बैशाख २९ गते हुने निर्वाचनका लागि दुईवटा प्यानलको उम्मेद्धारी दर्ता भएको छ । नेपाली कांग्रेसको प्यानलबाट विनिल केसीको नेतृत्वको प्यानल र साझा व्यवसायीक प्यानलबाट ललितजंग शाहको नेतृत्वमा अर्को प्यानल दर्ता भएको छ ।

विनिल केसी नेतृत्वको प्यानलबाट उपाध्यक्ष (खुल्ला) मा देव बहादुर केसी, उपाध्यक्ष (वाणिज्य) मा खुशलराम शर्मा, उपाध्यक्ष (उद्योग) मा हेमेन्द्र्र खड्का, महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नविन राई, सह–कोषाध्यक्षमा दिपेश भण्डारीको उम्मेदवारी रहेको छ । यस्तै सदस्यहरुमा सन्दिप रिजाल, कोमल डिसी, तिर्थ बहादुर डाँगी, माधव बस्नेत, निलम बस्नेत, कल्पना विष्ट, चिन्तामणी आचार्य, शैलेन्द्र बुढाथोकी, सुवास अधिकारी र चन्दन वलीको उम्मेदवारी रहेको छ ।

। यसैगरी शाह नेतृत्वको साझा प्यानलबाट उपाध्यक्ष (खुल्ला) मा डिल्ली बहादुर डाँगी, उपाध्यक्ष (वाणिज्य) मा नरेश कुमार राज भण्डारी, उपाध्यक्ष (उद्योग) मा विश्व बस्नेत रहनुभएको छ । यस्तै कोषाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा नरेन्द्र कुमार डाँगी, सचिवमा भुपाल रावत, सह–कोषाध्यक्षमा किशोर कुमार वलीको उम्मेदवारी रहेको छ । त्यसैगरी सदस्यहरुमा भिम बहादुर खत्री, शारदा बस्नेत, मिना रावत, मनोज कुमार गुप्ता, कृष्ण बहादुर पुन, सुरेश नेपाली र टोप बहादुर महतराको उम्मेदवारी रहेको छ । आ–आफ्ना प्यानलको विजय हुने लक्ष्यका साथमा चुनावी प्रचारप्रसार पनि सुरु गरेका छन् ।