२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

शान्तिनगर गाउँपालिकाद्धारा अस्थायी लालपुर्जा वितरण

पश्चिम दाङको शान्तिनगर गाउँपालिकाले ऐलानी जग्गामा बसोबास गर्नेहरुलाई अस्थायी लालपुर्जा वितरण सुरु गरेको छ । शान्तिनगर गाउँपालिकाले वडा नं. ३ बाट अस्थायी लालपुर्जा वितरण सुरु गरेको छ । ऐलानी जग्गामा बसोबास गर्दै आएका ६१२ जनालाई अस्थायी लालपुर्जा वितरण गरिने शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभयो ।

लालपुर्जा आज, भोली र पर्सीसम्म वितरण गरिने छ । अस्थायी लालपुर्जा वितरण पछि स्थायी लालपुर्जा वितरणका लागि ड्रोन प्रविधि मार्फत जग्गाको सर्वेक्षण गरेर लालपुर्जा विरतण प्रक्रियालाई अगाडी बढाउने पनि अध्यक्ष बस्नेतले बताए । उनका अनुसार यसअघि वडा नं. १ र २ का ऐलानी जग्गामा बसोबास गर्नेलाई अस्थायी लालपुर्जा वितरण गरिएको थियो । अस्थायी लालपुर्जा ७ वटै वडाका ऐलानी जग्गामा बसोबास गर्नेलाई वितरण गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।