२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

पत्रकारहरूप्रति दुर्व्यवहारको प्रेस युनियन दाङद्धारा गम्भीर ध्यानाकर्षण

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रकुमार डाँगीले पत्रकारहरूप्रति गरेको दुर्व्यवहारको नेपाल प्रेस युनियन दाङ शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सूचनाको हक प्रयोग गरेर सूचना माग्न गएका पत्रकारहरूप्रति गरेको दुर्व्यवहारलाई प्रेस युनियन दाङले सूचना लुकाउने उपमहानगरपालिकाको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का र सचिव अमर क्षितिज भण्डारीले मंगलबार एक विज्ञप्ति निकालेर घटनाको ध्यानाकर्षण भएको जनाएका हुन्। केही दिन अगाडि तुलसीपुर उपमहानगरपालिकाले दमकल मर्मतका लागि गरेको खर्चको विवरण माग्न गएका पत्रकारहरु नया युगबोधक एकराज भण्डारी र रेडियो हाम्रो पहुँचका बसन्त कुमार पौडेलालाइ प्रमुख प्रशासकीय अधिकृत डाँगीले दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो। सो घटनालाई लिएर नेपाल प्रेस युनियन दाङले प्रमुख प्रशासकीय अधिकृतको त्यो गल्तीलाई तत्काल सुधार गर्न आग्रह समेत गरेको छ। सूचना उपलब्ध गराउन तत्पर हुनुपर्ने स्थानीय सरकार लुकाउनतिर लागेको भन्दै नेपाल प्रेस युनियनले तत्काल त्यस्ता खालका सूचनाहरु सार्वजनिक गर्न र सूचनाको हक प्रयोग गरेर मागिने निवेदनहरुलाई तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरेको छ। सूचना पाउने नागरिकको अधिकारलाई कुण्ठित गर्ने  तुलसीपुर उपमहानगरपालिकाले हर्कत गरेको युनियनको ठम्याइरहेको छ।