२०८१ जेष्ठ ६ गते आइतवार
२०८१ जेष्ठ ६ गते आइतवार

दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

दाङ,
१४ साउन । दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दाङको राप्ती गाउँपालिका ५ पहरुवा स्थित पूर्व पश्चिम राजमार्गमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ, भने २ जना घाईते भएका छन् । रा १ प ४७६५ नम्बरको मोटरसाइकल र रा ३ प ५७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको हो ।

घाईते मध्ये रा १ प ४७६५ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका २ निवासी करिब २३ बर्षीय महेश मगर उपचारको क्रममा करिब पौने ८ बजे मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा परि रा १ प ४७६५ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका २ का करिब २० बर्षीय सागर चौधरी र अर्का मोटरसाइकल चालक राप्ती गाउँपालिका ६ का करिब ३२ बर्षीय विनोद चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागी लमही अस्पताल लगिएको थियो ।

त्यसैगरी तुलसीपुरमा तीन तला माथिबाट खसेर तुलसीपुरमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहागनरपालिका –५ ‘ख’ लाइनमा भाडामा बस्दै आएका रथीक मियाका ३ बर्षका छोरा रियाज मिया रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

खेल्ने क्रममा तीन तला माथिबाट भुँइमा खसेर गम्भिर घाईते भएका बालकको उपचारका क्रममा ९ बजे राति मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।