२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

प्यूठानमा भदौ १५ सम्म यातायात बन्द गर्ने निर्णय

फाइल तस्वीर ।

प्यूठान, 
१ भदौ । कोरोना संक्रमित वृद्धि हुँदै गएको र खुला रुपमा यातायात सञ्चालन हुँदा जोखिम बढेको निष्कर्ष निकाल्दै डीसीसीएमसी बैठकले भदौ १५ गतेसम्म प्यूठानमा यतायात बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार दिउँसो बसेको बैठकले निजी तथा सार्वजनिक यातायाताका साधन बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

कोभिड संकट व्यवस्थापन समितिको बैठकले चाडपर्व नजिकिँदै गएको र बजारमा भीडभाड बढ्दै गएकाले कोभिड संक्रमण थप फैलन सक्ने निष्कर्षसहित मंगलबार राति १२ बजेदेखि यातायात बन्द गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक सवारी साधन एम्बुलेन्स, प्रेसका गाडी भने चल्नेछन् । पसल तथा व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न भनिएको छ । व्यापारीले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ । यो नियम पालना नगरेमा कानुन अनुसार कारबाही हुने र पसल सिल समेत गरिने जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको खबर कान्तिपुरमा प्रकाशित छ ।