२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

लमहीमा जारी प्रधानमन्त्री कप क्रिकेमाट आज दुई खेल हुँदै

दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ ।

दाङको लमहीमा सञ्चालित प्रतियोगितामा समुह ‘बी’ अन्तर्गत सुदुरपश्चिम प्रदेशले प्रदेश १ तथा बागमती प्रदेशले गण्डकी प्रदेशको सामना गर्ने छ ।पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले प्रदेश १ सँग खेल्नेछ । यी दुई टोलीबीचको खेल अहिले केहि समयबाट सुरु हुनेछ ।

यसअघि दुवै टिमले पहिलो खेलमा जित हात पारेका थिए । लगातार दोस्रो जित निकाल्दै दुवै टिम सेमिफाइनल स्थान बलियो बनाउन चाहन्छन् ।यस्तै, दोस्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुबै टोलीबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीका साथ मैदान उत्रने छन् । यसअघि दुवै टिमले आफ्नो पहिलो खेलमा खराब सुरुवात गरेका थिए ।समुह ‘ए’ बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।समुह‘बी’ को विजेताले लुम्बिनी र उपविजेताले एपीएफसँग सेमिफाइनल खेल्ने छन् ।समुह ‘ए’ मा एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । प्रदेश २ र कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् ।यस्तै, समुह ‘बी’ मा सुदुरपस्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।