२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

फाइल तस्वीर ।

सर्लाहीको इश्वरपुर नगरपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर १३ श्रीनगरका ५५ बर्षीय रामााषिस महतोको हात्ती आक्रमणमा परी मंगलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
जंगलबाट आएको हात्तीले घरको टाटी तोडेर भकारी भत्काउन थालेपछि उनका छोरा बुहारी आत्तिएर हल्ला गर्न लाग्दा महतो बाहिर निस्किएका थिए ।

त्यहीं क्रममा हात्तीले उनलाई घरदेखि १५ मिटर पश्चिम रुखको ठुटामा लगेर आक्रमण गरेको परिवारजनले जनाएको छ ।

हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका उनको लालबन्दीस्थित मोडेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।