२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

दाङको शान्तिनगरमा भाइले दाइलाई भाला प्रहार गर्दा गम्भिर घाइते

दाङको शान्तिनगरमा भाइले दाइलाई भाला प्रहार गरी गम्भिर घाइते बनाएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका –१ ज्यामीरे निबासी ३५ बर्षका देब बहादुर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
सामान्य विवादलाई लिएर बुधार राति साढे आठ बजे ३० बर्षका भाइ लिलाराम वलीले दाहिने छातिमा भाला रोपेको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको छ । घटनाका आरोपी पक्राउ परेको प्रहरीले बताएको छ ।