२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

दाङमा मोटरसाइकल दुर्घटनामा परी २ युवकको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटनामा परी २ युवकको मृत्यु भएको छ । आाज बिहानै सर्रा सौडियार सडक खण्डमा रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । मृत्यु हुनेमा घोराही १६ का २१ वर्षका सुशील चौधरी र सोहि ठाउँका १८ वर्षका विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका (डिएसपी) राजन गौतमले जानकारी दिएका छन् । मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।