२०८१ बैशाख १९ गते बुधवार
२०८१ बैशाख १९ गते बुधवार

ईन्टर कलेज स्तरिय पुरुष भलिबल प्रतियाेगिता भाेलि देखि सुरु

दाङको तुलसिपुरमा भोलि मंगलबार देखि ईन्टर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियाेगिता २०७९ सुरु हुदैछ ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा संचालन हुने प्रतियोगिताको औपचारिक उद्घाटन बिहान ११ बजे गरिने कार्यक्रम तय भएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगिताको उद्घाटन खेलमा अमर माबी उरहरी तुलसिपुर ११ र अरनिको माबी नुवागाउ रोल्पा भिड्नेछन् ।
पाँच दिन सम्म चल्ने प्रतियोगितामा दाङ,बाके,रुपन्देही,रुकुम पश्चिम,सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको आयोजक राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष खत्रीले बताउनुभयो ।
अध्यक्ष खत्रीका अनुसार प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । जस अनुसार सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैबीच प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको आयोजकले मंगलबार बिहान हुने उद्घाटन समारोहमा उपस्थितिको लागि खेलप्रेमी,खेलाडी,बुद्धिजीवी,समाजसेवी,पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।