२०८१ बैशाख १८ गते मङ्गलवार
२०८१ बैशाख १८ गते मङ्गलवार

बाँके दुर्घटना : मृतक ११ जनाको नाम पहिचान

दाङ,
१९ जेठ । बाँकेको ठुरिया जंगलमा गएराती भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको सनाखत भएको छ । एक जनाको भने अझै सनाखत हुन बाकी रहेको छ । पहिचान भएका मृतकको ठेगाना भने पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म पहिचान भएका मृतकहरु बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ भने एक जनाको नामसमेत खुल्न सकेको छैन ।

यस्तै दुर्घटनामा परी घाइते भएका चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए । उनीहरुको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।

दुर्घटनामा परेकाहरु सबै भारतबाट आएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा सबैभन्दा धेरै सल्यान जिल्लाका रहेका छन् ।