२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

मुख्यमन्त्री पोखरेलद्धारा बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी

बाँके, पुस १६ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भ्रमण बर्ष सफल पार्नका लागि आन्तरिक पर्यटनहरुको उपस्थितीलाई बढाउनु पर्नेमा जोड दिनुभएको छ । उहाँले भ्रमण्म वर्षलाई सफल बनाउन हरेक महिना परिवारका सदस्यसहित भ्रमण गर्नुपर्ने बताउनु भएको छ । नेपाल पर्यटन वर्ष २०२० को अवसरमा बाँके जिल्ला स्तरीय पर्यटन प्रबद्र्धन समितिले बुधबार बिहान साढे ८ बजेतिर कोहलपुर नगरपालिकाको खड्गवारस्थित हात्तीसारमा आयोजना गरेको निकुञ्जमा जंगल सफारी कार्यक्रमको शुभारम्भ मुख्यमन्त्री पोखरेलले यस्तो आग्रह गर्नु भएको हो ।
मुख्यमन्त्रीसँगै उहाँकी पत्नी तथा प्रतिनिधिसभा सदस्य सुजाता शाक्य, प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी दम्पत्तीले हात्ती सफारी गर्नु भएको थियो ।