२०८१ बैशाख २६ गते बुधवार
२०८१ बैशाख २६ गते बुधवार

बालेनको जन्मदिनमा कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् ।
मेयर बालेनले उक्त कविता संग्रह सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् । बालेनको कविता संग्रह ‘अश्र’लाई बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । अश्रमा बालेनले सयभन्दा बढी स–साना कविता लेखिएका छन् । संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा–छोटा कविताहरु छन् ।