२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

तल्लो कक्षाबाटै शिक्षण सिकाईमा सुधार : नगर प्रमुख चौधरी

घोराही, १२ माघ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले तल्लो कक्षाबाटै शिक्षण सिकाईमा सुधार ल्याउन शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।

गंगा मावि रामपुरको अभिभावक भेलालाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले विद्यार्थी र शिक्षक विद्यालयमा उपस्थित भएर मात्रै सिकाईमा सुधार नहुने उहाँको भनाई छ । शिक्षक, बिद्यार्थी र अभिभाबकले आ आफ्नो जिम्मेवारीलाई ध्यान दिएर लागे मात्रै शिक्षामा गुणात्मक परिबर्तन ल्याउन सकिने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान कार्यबहाक अध्यक्ष जगत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले शैक्षिक गुणस्तर बृद्धी गर्न तर्फ अभिभावकले समेत बिषेश ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायण पौडेल, वडा अध्यक्ष केशबराज आचार्य, विद्यालयका पूर्ब अध्यक्ष कमलकिशोर घिमिरे, विद्यालयका प्रधानाध्यापक शशिधर उपाध्याय लगाएतले सहकार्य बाटै शैक्षिक विकासमा सबै लाग्नुपर्ने बताउनुभयो । शिक्षा दिने र लिने स्थलमा साझा सोचको आबस्यक पर्ने भन्दै बक्ताहरुले शैक्षिक गुणस्तर कायम गर्न नै ध्यान केन्द्रीय हुनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रधानाध्यपाक श्रीमण न्यौपानेले गर्नुभएको थियो ।

यसैविच बिद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनमा सहमती जुट्न नसकेका कारण आगामी फागुन ६ गते निर्वाचन गर्ने निर्णय भएको वडा अध्यक्ष केशब आचार्यले जानकारी दिनुभयो ।