२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

चौथो जखेरा महोत्सव सुरु

देउखुरी,
८ फागुन । चौथो जखेरा पर्यटन तथा सास्कृतिक कार्यक्रमको आज उद्घाटन भएको छ । स्थानीय जलस्रोत तथा ताल तलैयाको संरक्षण गरौ, जखेरालाई पर्यटनमा प्रर्वद्धनमा टेवा पु¥याऔं भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै केसीले प्राकृतिक संम्पदाले भरिएको जखेरा ताललाई राष्ट्रिय चिनारीको रुपमा लिन सकिने भन्दै पर्यटकलाई नभित्र्याउदा सम्म आर्थिक रुपले बलियो हुन नसकिने बताए । त्यस्तै बाह्य पर्यटकलाई भित्र्याउने कुरामा सबैले जोड दिनु पर्ने नगर प्रमुख केसीले बताए । मेला रमाइलो गर्नका लागि मात्र नभएर स्थानीय कला र संस्कृतीको संरक्षण गर्नका लागि हुनु पर्ने नगर प्रमुख केसीको भनाई छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख देवका बेलबासेले प्रदेश नम्बर पाँचकै नमुनाको रुपमा जखेरा ताललाई विकास गरिनु पर्नेमा जोड दिएकी छन ।