तुलसीपुर,
२० चैत । तुलसीपुर उपमहानगरपालीका ११ नम्वर वडा कार्यालयले सर्वदलिय तथा टोलको सहकार्यमा कोराना भाईरसका कारण सामान्य रोजीरोटी निर्वाह गर्न समस्या उत्पन्न विपन्न वर्गहरुलाई राहत वितरणका लागी तथ्याङ्क संकलन गरेको छ ।
सवै टोल तथा राजनितिक दलका प्रतिनिधिहरुबाट प्राप्त नामहरु आज वसेको जनप्रतिनिधि सहितको सर्वदलिय वैठकले टुङ्गो लगाएको हो । वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षतामा वसेको वैठकले राजनितिक दलका प्रतिनिधिहरुको उपस्थितिमा विपन्न व्यक्तीहरुलाई राहत प्रदान गर्नका लागी सर्वसहमतिबाट तथ्याङ्क पारित गरेको वडा सदस्य सुवास डाँगीले जानकारी दिए ।
वडा सदस्य डाँगीका अनुसार कुनै गुणासो तथा समस्या उत्पन्न नहोस् भन्ने उदेश्यले राजनितिक दलका प्रतिनिधि सहित छलफल गरि निर्णय गरिएको हो । वैठकपछि उक्त लगत तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सिफारिस गरि पठाईएको छ । वैठकको सहजिकरण वडा सचिव लक्ष्मी रानाले गरेकी थिईन ।