२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

अवस्था गम्भीर बनेपछि बेलायतका प्रधानमन्त्री आईसीयूमा

काठमाडौं,
२५ चैत ।
कोरोना भाइरसको संक्रमणका कारण अवस्था गम्भीर बनेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पतालको आईसीयूमा सारिएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार प्रधानमन्त्री जोनसोन आफ्नो मेडिकल टिमको सुझावका आधारमा आईसीयूमा सारिएका हुन् ।

बीबीसीका अनुसार प्रधानमन्त्री जोनसोनलाई सोमबार दिउँसो आईसीयूमा लैजानुअघि अक्सिजन पनि दिइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रानी एलिजावेथलाई पनि जानकारी गराइएको छ । प्रधानमन्त्री लण्डनको सेन्ट थोमस अस्पतालका डाक्टरहरुको निगरानीमा छन् ।

५५ वर्षका जोनसोन स्थानीय समयअनुसार आइतबार बेलुका अस्पताल भर्ना भएका थिए । उनले परराष्ट्रमन्त्री डोमिनिक राबलाई आवश्यक परेका ठाउँमा कार्यबाहक भएर काम गर्न आग्रह पनि गरिसकेका छन् ।

प्रधानमन्त्री जोनसोनमा कोरोना संक्रमणको सामान्य लक्षण देखिएपछि १० दिनअघि जाँच गराउँदा संक्रमणको पुष्टी भएको थियो ।