२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

होम क्‍वारेन्टाइनबाटै विप्लव समूहका नेता पक्राउ

सुर्खेत, 
१८ वैशाख । सुर्खेतमा नेत्रविक्रम चन्द्र (विप्लव) समूहका नेता पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक केन्द्रिय सदस्यलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य बालाराम सुनार (हिमाल)लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोरोना त्रासका केही दिन पहिला सुनार घरमा आएर बसिरहेका थिए । होम क्वारेन्टाइनमा बसिरहेका उनलाई प्रहरीले बिहीबार बिहान वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सुनार विप्लव समूहका सुर्खेत जिल्लाका पूर्व इञ्चार्जसमेत हुन् । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टी गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचनाअधिकारी गोपाल रायमाझीले सुराकीको आधारमा उनलाई वीरेन्द्रनगर(४ कुमाइचौकबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका सुनारलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । तर पक्राउ परेका सुनारका आफन्तले भने होम क्वारेन्टाइनमा बसिरहेको बेलामा प्रहरीले पक्राउ गरेको बताएका छन् । विप्लव समूहलाई सरकारले प्रतिवन्धको घोषणा गरेपछि सुनार भुमिगत थिए, भन्ने खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।