२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

सरकारको निर्देशन विपरित वीपी माविले भर्ना र शुल्क लिँदै

शान्तिनगर, 
२४ बैशाख । सरकारले भर्ना नगर्न र शुल्क नलिन गरेको निर्देशनको खिल्ली उडाउँदै पश्चिम दाङमा रहेको एक विद्यालयले भर्ना गरेर भर्ना शुल्क लिएको खुलासा भएको छ ।

शान्तिनगर गाउँपालिका ३ स्थित वीपी माध्यामिक विद्यालय बयाले सिम्तराले भर्ना गर्दै धमाधम शुल्क असुल्ने गरेको छ । आईतबारदेखि भर्ना गर्न सुरु गरेको विद्यालयले कक्षा ६ को दुई सय, ७ मा तीन सय, ८ मा चार सय, ९ मा चार सय पचास र १० कक्षाका लागि पाँच सय रुपैयाँ भर्ना शुल्क लिने विद्यालय अध्यापन गराउदै आएका शिक्षकहरुले बताएका छन् ।

यता विद्यालयका प्रधानाध्यापक भागवत न्यौपानेले विगत देखिनै नै लिईरहेकाले यो बर्ष पनि सहयोग स्वरुप अभिभावकबाट शुल्क लिएको बताए । नेपालको संविधानमा माध्यामिक तहसम्म शुल्क लिन नपाईने कानुनी व्यवस्था छ ।