२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

शान्तिनगर गाउँपालिकाको ३ नम्बर वडा भोलिदेखि सिल

शान्तिनगर,
३ जेठ । दाङ शान्तिनगर गाउँपालिका वडा नं ३ लाई भोलि आइतबारदेखि सिल गरिने भएको छ ।

छिमेकी जिल्लाहरु र दाङ जिल्लामा समेत कोरोना संक्रमणका बिरामी बढेपछि सबै खाले आवागमन बन्द गर्दै शान्तिनगर गाउँपालिका वडा नम्बर ३ लाई सिल गर्न लागिएको वडा नम्बर ३ का वडा अध्यक्ष बुद्धिराम तिवारीले छहरा अनलाइनलाई जानकारी दिएका छन् ।

उनले भोली आइतबार बिहान ३ बजेदेखि वडालाई सिल गर्न लागिएको बताए । साना सवारी साधन अटो तथा मोटरसाइकलहको आवाजजावत बढ्दै गएको र बाहिरी जिल्लाबाट पनि मानिसहरु आउने क्रम नरोकिएको भन्दै वडा समितिको निर्णयअनुसार सो निर्णय गरिएको अध्यक्ष तिवारीले बताए ।