२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

चलचित्र विकास वोर्ड अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं, 
२३ जेठ । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । सोमबार मन्त्री परिषद्को बैठकबाट दाहाललाई रिक्त वोर्ड अध्यक्ष पदमा नियुक्त गरिएको हो ।

०७६ मंसिर २९ तत्कालिन अध्यक्ष केशव भट्टराईको असमायिक निधन भएपछि रिक्त भएको थियो । बोर्ड अध्यक्षका लागि १० जनाको दरखास्त परेको थियो । प्रक्रियागत रुपमा दाहाललाई मन्त्री परिषद्ले चलचित्र विकास वोर्ड अध्यक्ष पदमा नियुत्त गरेको हो । अध्यक्ष दाहालले शुक्रबारदेखी बोर्डमा हाजिर गर्नेछन् ।

दश जनाले दिएको दरखास्तमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले दयाराम दाहाल, भुवन केसी र राजेश थापाको नाम सिफारिस गरेको थियो । यस मध्येबाट वोर्ड अध्यक्षमा दाहाल नियुक्त भएका हुन् ।