२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

जीप र मोटरसाइकल ठोक्‍किँदा मोटरसाइकल चालकको मृत्यु

धनगढी, 
३ असार । कैलालीको गोदावरी नगरपालिका ६ लालपुरमा जीप र मोटरसाइकल ठोक्‍किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल चालक समेत रहेका गम्भीर कोटकेनीको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टका अनुसार बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल ठोक्‍किँदा उनको मृत्यु भएको हो ।

जीप चालक गौरीगंगा नगरपालिका-४ का जीवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।