२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

क्वारेन्टिनबाट भागेर गएका ३३ जनामा कोरोना पोजेटिभ

सांकेतिक तस्वीर ।

धनगढी,
१८ असार । क्वारेन्टिनबाट भागेर घर गएका कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका ३३ जनामा कोरोना भाइरसको सक्रमणको पुष्टि भएको छ ।

भारतबाट आएकामध्ये आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।

उनीहरूको ४ असारमा स्वाब संकलन गरिएको थियो । तर लामो समयसम्म पनि रिर्पोट नआएको भन्दै ५९ जना क्वारेन्टिनबाट भागेर घर गएका थिए । ‘त्यसको केही दिनपछि रिर्पोट आयो’ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर कुँवरले भने ‘७० मध्ये ४२ जनामा संक्रमणको पुष्टि भयो ।’

वडाध्यक्ष शिबबहादुर विकका अनुसार संक्रमित ४२ मा भागेर घर गएका ३३ जना पनि छन् ।