२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

पोटली बजार सरसफाई

दाङ,
१८ साउन । दंगीशरण गाउँपालीका वडा नं. ५ पोटलीको बजार क्षेत्रमा युवा व्यवसायीहरुले सरसफाई कार्यक्रम सम्पन्न गरेका छन्।

बजार एरिया सफा, सुरक्षित राख्नका लागि सोही बजारका ब्यबसायीहरुलाई सरसफाई कार्यक्रममा समावेश गराएको सरसफाई कार्यक्रमका अभियान्ता अर्जुन भट्टराईले जानकारी दिएका छन्।

साथै अबदेखि सरसफाई कार्यक्रम चलाईरहने र घर वरिपरि सफा राख्न सबै घरपरिवारलाई सचेत बनाएको कार्यक्रमका अभियान्ता भट्टराईले जानकारी दिए।

बजार क्षेत्र सफा राख्न थालिएको अभीयानमा कसैले अटेरी गरे कारबाही गर्ने समेत जनाईएको छ।