२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

‘नेकपा एमाले’ पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं : निर्वाचन आयोगमा नेकपा एमाले नामक पार्टी दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले दर्ता भएको बताए ।

एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य रहेको पनि श्रेष्ठले जानकारी दिए । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो ।

नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।