२०८१ बैशाख १५ गते शनिवार
२०८१ बैशाख १५ गते शनिवार

पश्चिम दाङमा अवैद्य चिरान काठसहित १ जना पक्राउ

पश्चिम दाङमा ११४.७३ क्यूफिट अवैध चिरान काठसहित १ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय दाङ र पुरन्धारा सव डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले सोमबार बबई गाँउपालिका वडा नंं. ५ जौबारीमा अवैद्य चिरान काठ सहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बबई गाँउपालिका वडा नंं. ५ निवासी वर्ष २३ का नवराज खत्री रहेको डिभिजन वन कार्यालयका सुचना अधिकारी खिम बहादुर के।सी। ले जानकारी दिनु भयो ।

विना ईजाजत अवैद्य वन पैदावार हानी नोक्सानी, लुकाई छिपाई राखेको र ओसारपसार गर्न लागेको सुचना विशेष सुराकी संयन्त्रबाट प्राप्त भएपछि पुरन्धारा सव डिभिजन वन कार्यालयका सवअ सिद्धान्त बरालको नेतृत्वमा सहायक वन अधिकृतहरु संयोग वस्नेत र विष्णु प्रसाद लामिछाने र सशस्त्र वन रक्षक सहितको गस्ती टोलि परिचालन गरिएको थियो ।

गस्ती टोलीद्वारा सो स्थानको करीव ४ घण्टाको निरन्तर खोजतलासपछि बबई गाँउपालिका वडा नंं. ५ अन्तर्गतको जौवारी भन्ने स्थानमा रहेको नवराज खत्रीको घर करेसाबाट साल जातका गोलिया थान ६ को ६.५ क्यूफिट र सोही ठाउँ वस्ने भुपाल रोकाको घर करेसामा फेला पारेको चिरान काठ ६.८३ क्यूफिट गरी जम्मा १३.२३ क्यूफिट काठ गस्ती टोलिको निरन्तर १७ घण्टाको प्रयास पछि बरामद गरि बरामद गरिएको हो ।

काठ ट्याक्टरमा लोड गराई पुरन्धारा सव डिभिजन वन कार्यालय परिसरमा सुरक्षित राखिएको छ ।

त्यसै गरि बबई गाँउपालिका वडा नं. ५ स्थित खाल्टे भन्ने स्थानमा सोही गस्ती टोलीले गेदलाल बुढाथोकिको छोरा बलबहादुर बुढाथोकिले वन क्षेत्रमा अतिक्रमण गरि बनाएको छाप्रो भेटीएकोमा खानतलासी गर्दा साल जातको अवैद्य चिरान काठ थान ६२ को १०१.५० क्यूफिट बरामद गरि काठ लुकाउन बनाईएको काठको अस्थायी छाप्रो स्थानियहरुको रोहबरमा भत्काईएको जानकारी सहायक वन अधिकृत सिद्धान्त बरालले बताउनु भयो ।

घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानको शिलसिलामा डिभिजन वन कार्यालयमा राखिएको र घटनाका बारेमा विस्तृत अनुसन्धान भईरहेको जानकारी डिभिजनल वन अधिकृत विजयराज सुवेदीले दिनु भयो ।

अतिक्रमणकारीलाई वन ऐन २०७६ बमोजिम पाँच वर्ष कैद र विगो असुल गरि १ लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको डिभिजनल वन अधिकृत सवेदीले बताउनु भयो ।