२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

स्थानीयले फाले बाटो छेकेको ठुलो ढुङ्गा

दाङको दंगिशरण गाउँपालिका वडा नं. १ बाँकी देखि फुर्केसल्ली जोड्ने मोटरबाटो अन्तर्गत साङले नजिकै पहिरो कारण विच बाटोमा आएको ठुलो ढुङ्गा हटाइएको छ ।

बर्षाका कारण सो मोटरबाटो अहिले बन्द छ । फुर्केसल्लीका स्थानियबासीलाई अहिले वडा, गाउँपालिका र बजार जान र आउन पैदल हिँडुन पर्ने बाध्यता रहेको छ । अविरल बर्षाका कारण पहिरो लडेर विच बाटोमा ठुलो ढुङ्गा खस्दा पैदल हिँड्न समेत समस्या परेको थियो ।

बर्षा मौसममा मोटर चढ्ने दिन कहिल्यै नआएपछि पैदल हिँड्ने बाध्य रहेका स्थानियलाई विच बाटोमा भदौ महिनामा खसेको ढुङ्गाका कारण झनै समस्या परेको थियो । १, २ जनाले ढुङगा फाल्न सम्भव नभएपछि सम्पूर्ण गाउँले मिलेर ढुङगा फालेको स्थानिय राजन मगरले जानकारी दिए ।

कालितरा, ठाँटी, साङले, तरा, विकास समूह तथा श्रीमेहर गण ठाँटी पोस्टका सुरक्षाकर्मी गरी करीब ५२ जनाको सक्रियतामा सो ढुङगा हटाइएको मगरले बताए ।