२०८१ बैशाख २९ गते शनिवार
२०८१ बैशाख २९ गते शनिवार

पूर्वराष्ट्रपति यादवले गरे गोविन्द केसीलाई गान्धीसँग तुलना

पूर्वराष्ट्रपति डा. रामवरण यादवले सत्याग्रही डा. गोविन्द केसीलाई महात्मा गान्धीसँग तुलना गरेका छन् ।

१९ दिनदेखि मेडिकल शिक्षा सुधारको मागसहित अनशनमा बसेका डा. केसीलाई भेट्न पूर्वराष्ट्रपति डा. यादव आज शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । उनले डा. केसीको माग सरकारले चाँडो पूरा गरेर जीवनरक्षाको मागसमेत गरे ।

उनले आफू पनि मेडिकल फिल्डबाटै आएको हुनाले केसीका सबै माग जायज रहेको बताए । ‘‘यो ड. केसीको १९औं अनशन हो । आजसम्म उहाँले उठाएका केही माग मात्र सरकारले पूरा गरेको छ,’’ डा. यादवले भने, ‘‘डा. केसीको अगुवाइ र नगरिक समाजको सहयोगमा केही माग पूरा भएको छ, भने केही माग पूरा गर्ने प्रक्रियामै छ । लोकतन्त्रको माध्यमबाटै सरकार चुनिएकाले स्वस्थ र शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याउन आवश्‍यक छ ।’’