२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

भालुवाङमा राजधानी प्रस्ताव हुनु न्यायोचित निर्णय : देवकोटा

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले बिगतदेखि आफू र आफ्नो पार्टी कांग्रेसले दाङ राजधानी बनाउनु पर्ने पक्षमा आवाज उठाएको स्मरण गराउँदै प्रदेश ५ को सरकारले दाङको भालुबाङलाई राजधानी बनाउने प्रस्ताब स्वागत योग्य र संघीयताको मर्म अनुरुप नै रहेको बताउनु भएको छ ।

जनतालाई पायक पर्ने ठाउमा नै राजधानी प्रस्तात भएको भन्दै कांग्रेसका प्रदेशका सबै प्रदेससभा सदस्यलाई यो प्रस्ताव साझा मनोबिज्ञान खडा हुने गरि पारीत गर्न आग्रह गर्नुभयो ।

कांग्रेसका पश्चिमतिरका सबै प्रदेस भा सदस्यले दाङको पक्षमा मतदान गर्ने कुरो आइरहेकाले यो सकारात्मक पक्ष भएको भन्दै जायज कुरामा सिंगोकांग्रेसले मतदान गरेर सर्बसम्मत पास गर्नुपर्ने आफ्नो तर्क रहेको सुनाउनुभयो ।